आन्दोलनका क्रममा ०८२ भदौ २४ गते विर्तामोड नगरपालिका- ५ मा रहेको इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएको म्याग्जिन र गोली प्रहरीले फेला पारेको छ ।
लुटिएको इन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राईफलको गोली–तीन राउण्ड बेवारिसे अबस्थामा ०८२ पुस ६ गते बिर्तामोड नगरपालिका ६ स्यालडाँगी स्थित चिया बगानमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
फेला पारेको इन्सास राईफलको म्याग्जिन र गोली जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय, बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको डिएसी खड्काको भनाइ छ ।
त्यसैगरी आन्दोलनका क्रममा भदौ २४ गते दमक नगरपालिका- ६ मा रहेको इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको हतियार प्रहरीले कमल गाउँपालिका- ५ धनप्रसाद मार्गस्थित गेउरिया खोलाको किनारमा बेवारिसे अवस्थामा पुस ६ गते फेला पारेको छ ।
२३८१६९ नम्बरको ग्यासगन एक थान, खिया लागेको बट, नालसहित जलेको अवस्थामा हतियार फेला पारिएको प्रहरीले जनाएको छ ।