दरबन्दी अनुसार चिकत्सक नहुँदा उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । उपक्षेत्रीय अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दी पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् ।
२०७० सालमा स्थापना गरिएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पूरा नभएको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कडेलले बताए ।
२० जना विशेषज्ञ चिकित्सकसहित २१ जना चिकित्सकको दरबन्दी भएपनि हाल यस अस्पतालमा १ जना चिकित्सक मात्र कार्यरत रहेका छन् ।
उपक्षेत्रीय अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन आएका नागरिक स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।
स्वास्थ्य विभागले अस्पतालसँग कुनै सुझाव नलिएर सरुवा गरिदिने सरुवा भएका चिकित्सकलाई दरबन्दीमा हाजिर हुन नपठाउने गरेका कारण अस्पतालमा समस्या आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट कडेलले बताए ।