मादी नगरपालिका-३ की ३७ वर्षीया मीना शेर्पाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति प्रेम दोर्ची शेर्पालाई गिरफ्तार गरेको छ।
०८२ मङ्सिर ९ गते मादी नगरपालिका-४ ओखरे बजारबाट घर फर्किने क्रममा आरोपितले कुटपिट गरी पत्नीको हत्या गरेका थिए।
बजारबाट घर फर्किने क्रममा पत्नी बेपत्ता भएको भन्दै आरोपितले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
घटनाका विषयमा शंका लागेर सोधपुछ गर्दा आरोपितले हत्या स्वीकार गरेको र आरोपितलाई मङ्सिर २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो।
मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेको बयान प्रहरी समक्ष दिएको डिएसपी मैनालीले बताउनु भएको छ।