INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा गोली प्रहारबाट एकजनाको मृत्यु

बर्दियामा गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ ।  बर्दियाको राजापुर, ४ हमार थारू घर एण्ड रेष्टुरेन्टमा गोली प्रहारबाट  दाङ तुलसीपुर ६ निवासी २८ वर्षीय निरज चौधरीको मंसिर २१ मृत्यु भएको हो ।

दाङ तुलसीपुर उपमहानगरपालिका- ६ का  ५१ वर्षीय महाविर चौधरीले चलाएको  गोलीबाट  चौधरीको मृत्यु भएको अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । मृतकको पोस्टमार्टम भेरी अस्पताल नेपालगन्जमा मंसिर २३ गते भएको छ ।

गोली प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका लागि भन्दै हमार थारू घर एण्ड रेष्टुरेन्टको संचालन रामकुमारी थारूले उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगेको थिइन् ।  उपचार गर्न  लगिएको  चौधरीलाई चिकित्सकले  मृत्युु भएको जनाएका थिए । घटनाका  आरोपित रहेका महाबिर चौधरीले उपचारका लागि लैजाउ भनेर रामकुमारीलाई अस्पताल पठाएर आफू फरार  भएका थिए ।

घटना स्थलमा  प्रहरीले बन्दुकको खोका समेत फेला पारेको थियो ।

अन्य

भिडियो