१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी–११ का ७९ वर्षीय बद्रिराज गिरीलाई ०८२ मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते चौतारा अस्पतालमा गरिएको छ ।