६९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका—७ सिउनीयाका ३२ वर्षीया प्रशान्त कार्कीलाई ०८२ मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई मङ्सिर १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बाँनियाभारमा मङ्सिर १७ गते उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीको आधार आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।