३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागमती नगरपालिका–१२ का ३८ वर्षीय महेश माझीलाई ०८२ मङ्सिर १६ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै दुई वर्ष कैद सजाय र ५५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञान बहादुर खत्रीले जानकारी दिनु भयो ।
महिलालाई आरोपितले ०८१ पुस १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ २ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ माघ ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।