७९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका–४ पैमाका ३० वर्षीय धनसिंह बोगटीलाई मङसिर १५ गते गिरफ्तार गरेको छ । मङसिर १२ गते पीडितकै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले मङसिर १५ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको इन्स्पेक्टर जंगबहादुर सिंहले जानकारी दिनुभयो ।
पीडितको उजुरीका आधारमा आरोपित बोगटी विरुद्ध मङसिर १६ गते जबरजस्ती करणी मुद्दा ददर्ता गरेर घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर सिंहले बताउनु भयो । पीडित महिलाको मङसिर १५ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परिक्षण भएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।