६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शनिअर्जुन नपा-१ का ५१ वर्षीय नविन नेपाललाई असोज १३ गते १० वर्षकैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ ।
पीडित बालिकालाई आरोपितले ०७३ जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा अभिभावकले इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी गरेका थिए ।
जिल्ला अदालतले ०७३ असार ८ गते आरोपितलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते मेची अञ्चल अस्पतालमा गरिएको थियो ।