INSEC Online

📅 २०८३ असार १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका-१२ भटौलीलियाका ५१ वर्षीय राम बहादुर सुनारलाई ०८३ असार १२ गते गिरफ्तार गरेको छ।

आरोपितले पीडितलाई असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १२ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी गरेका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १२ गते पृथ्बीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ।

नारायण पराजुली

अन्य

भिडियो