INSEC Online

📅 २०८३ असार १७

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता दिएको प्रति आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी आयोगमा प्राप्त जानकारी तथा विभिन्न सञ्चार माध्ययहरूमा सार्वजनिक भएका सूचनाको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसँग जानकारी माग गरी ०८३ असार १५ गते आयोगबाट पत्राचार गरिएको असार १७ गते जारी विज्ञप्तीमा उल्लेख छ ।

पत्रमा पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध गरिएको आयोगका  सहायक प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो