१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका—५ का २१ वर्षीय प्रकाश बोहरालाई प्रहरीले ०८२ मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई मङ्सिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर युवनकुमार चौधरीले बताउनु भयो । आरोपितलाई मौखिक उजुरीको आधारमा मङ्सिर ७ गते गिरफ्तार गरेको इन्स्पेक्टर चौधरीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।