१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढिगङ्गा नगरपालिका–८ का ४७ वर्षीय दलबहादुर थापालाई माघ १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस २७ गते बलात्कार गरेको पीडित बालिकाका अभिभावकले आरोप लगाएका छन् ।
पीडित बालिकाका अभिभावकले पुस २७ गते नै अरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि उजुरी दिएको बताएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय, बाजुरामा माघ १ गते गरिएको छ । आरोपितले बलात्कार नभएर सहमतिमा शारीरिक सम्पर्क भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।
१८ वर्ष मुनिका बालिकाहरूसँग सहमतिमा शारीरिक सम्पर्क भएपनि बलात्कार नै मानिने कानुनी व्यवस्था रहेको पनि भाटले बताए ।