INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

आरोपितकी छोरी १२ वर्षीय मिनुकुमारी चौधरीलाई बिरामी बनाएको भन्दै झारफुक गर्न घरमा बोलाएको धामीले इशारा गर्नासाथ आरोपितले असोज १२ गते राति लाठीले कुटपिट गरेको भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष श्रेष्ठले जानकारी दिए ।

कुटपिटबाट बेहोस भएकी पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

शम्भुनाथ नपा-६ कठौनास्थित शारदा इङ्गलिश बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा पढिरहेका बेला ०७३ भदौको पहिलो साता घनश्यामको छोरी मिनु काम्ने, बर्बराउने र मुर्छा पर्न थालेपछि कसैले कथित डायन बोक्सी लगाई दिएको भन्दै आरोपितका परिवारका सदस्यहरूले स्कूल र घरमा ‘होमजप’ समेत गर्दै आएका थिए ।

अन्य

भिडियो