१४ वर्षीया बालिकालाई घरमा लगेर पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नगरपालिका–५ का २१ वर्षीय सविन खड्कालाई पुस ३० गते गिरफ्तार गरेको छ ।
पीडितका आफन्तले पुस ३० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएका थिए । पीडित बालिका दाजूलाई भेट्नका लागि काठमाडौं आउने क्रममा ०७५ साउन २ गते धुलिखेलको बसपार्कमा उभिएको अवस्थामा आरोपितले ‘छोरी जस्तै मान्छु’ भनी घरमा लगेर पटक–पटक बलात्कार गरेको उजुरीका उल्लेख छ ।
पीडितका आफन्तले पछिल्लो पटक पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते प्रसूति गृह थापाथलीमा गरिएको छ । सन् २०१८ मा काभ्रेमा ३० ओटा बलात्कारका घटनामा १८ ओटा बालिका बलात्कारका घटना अभिलेखित छन् ।