१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिका–५ स्थित सरस्वती विद्या निकेतन इङ्गिस बोर्डिङ स्कुलका सञ्चालक ४० वर्षीय महेन्द्र अर्याललाई ०८२ मङ्सिर ९ गते प्रहरीले गिरफ्तार गरेको छ । मंसिर ३ गते बालिकालाई ललाइफकाइ गरि बलात्कार गरेको भन्दै मंसिर ८ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आरोपित विरुद्ध जाहेरी दिएका थिए । घटना लगत्तै फरार रहेका आरोपितलाई बाचकाँडा भन्ने स्थानबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मंसिर ८ गते प्रदेश अस्पताल सुर्खेतमा भयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको