११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अरूण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले ७ वर्ष कैद सहित ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको छ ।
न्यायाधीश हरीश्चन्द्र इङ्गनामको इजलासले बलात्कार घटनाका दोषी ठहर गरी मुलुकी ऐन २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम सो सजाय पुस २६ गते सुनाएको हो ।
पीडित पक्षले आरोपित विरूद्ध ०७५ असोज ४ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल भोजपुरमा असोज ४ गते गरिएको थियो ।