INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

२६ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–१२ कल्लाबोटका ६३ वर्षीय गोपाल भन्ने गोविन्द प्रसाद बस्याललाई जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधिश श्री शिवलाल पाण्डेयको ०८२ मङ्सिर २ गतेको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै जन्मकैद सजाय, ७ लाख रुपियाँ जरिबाना पीडितलाई क्षतिपूर्ति भराउने र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा हुने फैसला भएको जिल्ला अदालतका नायब सुब्बा अशोक भण्डारीले जानकारी दिनु भयो ।

आरोपितले महिलालाई ०८० पुस महिनाको दोस्रो हप्ता बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । पीडित महिलाले ०८१ कात्तिक २७ गते बच्चा जन्माएकी थिइन । घटनापछि फरार रहेका आरोपित बस्याललाई प्रहरीले ०८१ फागुन १८ गते गिरÏतार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ जेठ ३२ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।

कुल बहादुर नेपाली

अन्य

भिडियो