औरही नगरपालिका–६ बैरीया टोलकी २६ वर्षीया कविता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति मनोज चौधरीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई कात्तिक २९ गते छात्ती र कञ्चटमा कैँची प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।
घाइते कवितालाई उपचारका लागि रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटना लगत्तै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि बर्दिबास अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।