१२ वर्षीया बालिकालाई ०८२ कात्तिक ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–३ चरुवाका ४७ वर्षीय साइला तामाङलाई ०८२ कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध बालिकाकी आमाले कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् ।
बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १३ गते धुलिखेल अस्पतालमा गरिएको छ ।