INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँकेमा ६ हजार ३ सय ८४ जना मतदाता थपिए

जिल्ला निर्वाचन कार्यालय बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि ०८२ असोज ११ गतेदेखि कात्तिक २४ गतेसम्म बाँके जिल्लामा ६ हजार ३ सय ८४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिका २ मुक्तीपुरका अंगनिया थारुले जिल्लामा एक ठाउँमा मात्र मतदाता नाम संकलन तथा फोटो खिच्ने काम नेपालगञ्जबाट भएकाले जिल्लाका टाढा बस्ने सर्वसाधारणलाई सास्ती भएको बताउनु भयो ।

बाँके जिल्लाको आठ वटै पालिकामा मतदाता नामावली संकलन गर्ने कार्य नभएकाले धेरै जना बालिग नागरिक मताधिकारबाट बन्चित हुन सक्ने भएकोले समयमा राज्यलाई जिम्मेवार बन्न नरैनापुर गाउँपालिका—५ अधिवक्ता रामकुमार दिक्षितले बताउनु भयो ।

बाँकेमा ०८२ कात्तिक २४ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता भएका नयाँ र पुराना गरी ३ लाख ४० हजार ३ सय १८ जना मतदाता रहेका छन् ।

ध्रुबराज शर्मा

अन्य

भिडियो