हंसपुर नगरपालिका–७, नौवाखोरमा २०८२ कात्तिक २४ गते राति ६२ वर्षीया चन्द्रकला देवी दासको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका बिहारिया मण्डललाई प्रहरीले गिरफ्तार गरेको छ ।
मृतकका पति बिन्देश्वर दासका अनुसार राति अबेरसम्म पत्नी घर नफर्किँदा खोजतलास गर्दै जाँदा घरबाट करिब ५ सय मिटर टाढा खेतमा भेटिएको शवमा टाउको र अनुहारमा गहिरो चोटको दाग रहेको बताए।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमलेका अनुसार मृतक मिटरव्याज विवादका कारण सोही विवादकै क्रममा हत्या भएको स्थानीयहरूले सोधपुछ सोधपुछका क्रममा बताएका छन् ।
शवको पोस्टमार्टम कात्तिक २५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरी दाहसंस्कारको लागि परिवारजनको जिम्मा लगाएको डिएसपी बमले बताउनुभयो।