नेपाल सरकारले ०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन मिति तोकेसँगै सुदूरपश्चम प्रदेश अन्तर्गतका जिल्लाहरुमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असोज १० गतेदेखि सुरु गरिएको छ ।
असोज १० गतेदेखि हालसम्म यस प्रदेशमा ४ हजार ४ सय ८५ पुरुष, २ हजार ३ सय ७२ महिला र दुई अन्य गरी ६ हजार भन्दा बढी नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेम भट्टका अनुसार कैलालीमा १ हजार ५ सय ९७ पुरुष र ८ सय ९८ महिला, कञ्चनपुर जिल्लामा १ हजार ५३ पुरुष र ५ सय ४० महिला, डडेल्धुरा जिल्लामा १ सय २६ जना पुरुष र ६५ महिला, डोटी जिल्लामा १ सय ७० पुरुष र ७५ महिला, बैतडी जिल्लामा २ सय ९३ पुरुष र १ सय ५५ महिला, अछाम जिल्लामा ४ सय १४ पुरुष र २ सय ११ महिला, बझाङ जिल्लामा ३ सय ६३ पुरुष र १ सय ७९ महिला, बाजुरा जिल्लामा २ सय १९ पुरुष, १ सय २२ महिला र अन्य दुई जना गरी ६ हजार ८ सय ५७ जना नयाँ मतदाता थपिएका छन् ।
जेनजी आन्दोलनपछि गठित सरकारले प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकसँगै सुरु गरिएको मतदाता नावावली संकलनमा जेनजी मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् ।
आगामि फागनु २१ गते हुने निर्वाचनामा सहभागिता जनाउनका लागि मतदाता नामावली दर्ता गराउन नागरिकहरुको उत्साहजनक उपस्थिति भइरहेकोले बेलुकी ६ बजेसम्म पनि कार्यालय खुला राख्ने गरिएको र कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य गरिने निमित्त प्रमुख भट्टले जानकारी दिनु भयो ।