अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत २६ ओटा संस्थाहरूको आर्थिक सहयोगमा भएको काभ्रे जिल्लास्तरीय बाल भेला १६ बुँदे घोषणापत्र जारी गर्दै असोज १२ गते सकिएको छ ।
असोज १० देखि १२ गतेसम्म धुलिखेलमा आयोजित भेलाले रञ्जन पौडेलको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमितिको चयनसमेत गरेको छ ।
भेलामा जिल्लाका सबै गाविस र नगरपालिकाबाट गरी १ सय ८० जना प्रतिनिधिको सहभागिता रहेको थियो । भेलाले जिल्लामा पछिल्लो पटक बालबालिका माथि बढेको हिंसा, दुर्व्यवहार र अपराधको तत्काल रोकथामको माग लगायत १६ बुँदे धुलिखेल घोषणा-पत्र जारी गरेको छ ।



