INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्याका घटनाका आरोपित गिरफ्तार

फरुवा प्रहारबाट आमाको हत्या गरेको आरोपमा  भेरीगंगा नगरपालिका-१२ मसिनाटोलका ३५ वर्षीय कविराम बस्नेतलाई प्रहरीले कात्तिक १४ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक १४ गते बिहान ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेपछि प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । आरोपित कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट गिरफ्तार गरेर अनुसन्धान थालेको डिएसपी बुढथापाले बताउनु भयो । उहाँका अनुसार आरोपितले अत्याधिक मदिरा सेवन गर्ने गरेको र आवेगमा आएर आमालाई फरुवा प्रहार गरेका हुन् ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो