INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधि अभाव हुँदा असाहय व्यक्तिहरूलाई समस्या

चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा समेत गरिब तथा असहायलाई वितरण गरिने औषधि खरिद हुन नसक्दा समस्या भएको छ ।

चालु आर्थिक वर्षको ५ महिनासम्म पनि औषधि खरिद नहुँदा जिल्लाका अस्पताल र स्वास्थ्यचौकीमा औषधिको अभाव भएको हो ।

बजेट निकासा नहुँदा हालसम्म औषधि खरिद गर्न नसकेको उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कडेलले बताए ।

बजेट अभावले टेण्डर प्रक्रिया नै सुरू हुन नसकेका कारण चालु आर्थिक वर्ष सुरू भएदेखि औषधि खरिद गर्न नसकिएको मेडिकल सुपरिटेण्डेण्ट कडेलले बताए ।

औषधि खरिदका लागि पटकपटक बजेट माग गरिए पनि निकासा हुन नसक्दा औषधि अभाव भएको कडेलकोे भनाई छ ।

गरिब तथा असहायलाई डाक्टरले लेखेका सम्पूर्ण औषधि निःशुल्क उपलब्ध गराउनु पर्ने भएपनि बिरामी आफैँले किन्नु पर्ने बाध्यता रहेको अमरगढी नपा–५ का धनबहादुर धामीले गुनासो गरे ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दैनिक १०÷१२ जना असहाय व्यक्तिहरू उपचारका लागि आउने गरेको स्टोर किपर टङ्कप्रसाद अवस्थीले बताए ।

यतिबेला चिसो बढेसँगै रूघाखोकी र श्वासप्रस्वासलगायत समस्याका बिरामी आउने गरेका र तीमध्ये अधिकांश ज्येष्ठ नागरिक र विपन्न नागरिक रहेको स्टोर किपर अवस्थीले बताए । विपन्न र असहाय व्यक्तिलाई निःशुल्क उपलब्ध गराउने औषधिको अभाव रहेको छ ।

अन्य

भिडियो