INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नपा-११ की ३२ वर्षीया मिना सेजावाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति कृष्ण सेजुवाललाई पुस ९ गते गिरफ्तार गरेको छ ।

मृतककी दिदी कमला भुषालले कुटपिटबाट मृत्यु भएको भन्दै पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित पक्षका अनुसार आरोपितले मङ्सिर २२ गते पत्नीलाई मरणसन्न हुनेगरी कुटपिट गरेपछि पीडितको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मङ्सिर २४ गते मृत्यु भएको थियो ।  शवको पोष्टमार्टम मङ्सिर २६ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भिरजङ्ग थापाले बताए ।

अन्य

भिडियो