INSEC Online

📅 २०८३ जेष्ठ २१

दिदीको हत्या कसुरमा ११ वर्षकैदसँगै १ लाख रुपियाँ जरिबानाको फैसला

४७ वर्षीया दिदी सरीता राईको हत्या गरेको कसुरमा रामप्रसाद राई गाउँपालिका-७ बाँसीखोराका ४५ वर्षीय भाइ सुमन राईलाई जिल्ला अदालत भोजपुरले पुस ४ गते ११ वर्षकैदसहित १ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ ।

न्यायाधीश हरिश्चन्द्र इङनामको इजालसले सो फैसला सुनाएको अदातलका श्रेस्तेदार राजनकुमार दाहालले बताए ।

दिदीको हत्यापछि आफन्तले आरोपितविरूद्ध गत कात्तिक २५ गते उजुरी दिएको आधारमा सोही दिन आरोपितलाई प्रहरीले गिरफ्तार गरी ज्यान मार्ने शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको थियो ।

शवको पोष्टमार्टम कात्तिक २६ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको थियो । मदिरा सेवन गरी आरोपितले आफ्नै दिदीको हत्या गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो