INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलन क्रममा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोड घटनाको अनुगमन (फोटोफिचर)

कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा असोज १ गते अनुगमन गरेको छ ।

संयुक्त टोलीले आन्दोलनका क्रममा सुर्खेतमा क्षति भएका निजी घरका व्यक्तिसँग भेटघाट गरेर अनुगमन गरेका हो ।

अधिकारकर्मीको टोलीले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, व्यवसायी तथा नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काको निजी निवास, मायाँ पेट्रोल पम्प र कालिका मेडिसियन डिस्ट्रिब्युर्स, वीरेन्द्रनगरका नगर प्रमुख मोहनमायाँ ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रदेश अस्पताल सुर्खेतका पूर्व निर्देशक डाक्टर डम्बर खड्काका घरपरिवारसँग असोज १ गते भेटघाट गरेको थियो ।

अनुगमनका क्रममा व्यक्तिहरुका घर र निजी सम्पत्ति लुटपाट गरी आगजनी गरेको, सिसाको बोतलमा बाहिरबाट पेट्रोल छरेको, भीड नियन्त्रण गर्न नसकेपछि प्रहरीले छोडेको, खाने अन्न, नगद रुपियाँ, लुगाकपडादेखि सुनचाँदी लुटपाट गरी आगजनी गरेको, मेडिकलका औषधी र पेट्रोल पम्पबाट औषधी र पेट्रोल डिजेल चोरी गरेका विषयहरु पाइएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका ठाउँको प्रहरीले मुचुल्का बनाइसकेको र ६० लाखदेखि १४ करोडसम्म निजी सम्पत्तिमा क्षति भएको छ । अनुगमन टोलीमा इन्सेकका नारायण सुवेदी, जगतदल जनाला विक, राष्ट्रिय मानव अधिकार आयोगका राजेन्द्र न्यौपाने, कविता नेपाली र एड्भोकेसी फोरमका राजेन्द्र भारती रहनु भएको थियो ।

भदौ ३१ गते पनि उक्त टोलीले सुर्खेतमा रहेका सरकारी कार्यालयहरुको अनुगमन गरेको थियो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० ओटा संरचना तथा सरकारी र निजी गरेर ४५ ओटा सवारी साधनमा तोडफोड तथा आगजनी गरेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरिसकेको छ ।

Photo 2025-09-17 Surkhet (1)

Photo 2025-09-17 Surkhet (2)

Photo 2025-09-17 Surkhet (3)

Photo 2025-09-17 Surkhet (4)

Photo 2025-09-17 Surkhet (5)

Photo 2025-09-17 Surkhet (6)

Photo 2025-09-17 Surkhet (7)

Photo 2025-09-17 Surkhet (8)

Photo 2025-09-17 Surkhet (9)

Photo 2025-09-17 Surkhet (10)

Photo 2025-09-17 Surkhet (11)

अन्य

भिडियो