INSEC Online

📅 २०८३ जेष्ठ २१

पतिले झुक्याएर वडा कार्यालयमा अर्को विवाह दर्ता गरेको भन्दै प्रहरीमा उजुरी दर्ता

दुधपोखरी गाउँपालिका-६ की ३३ वर्षीया नन्दकाशी गुरूङले ३५ वर्षीय पति नवीन गुरूङले आफूसँग सम्बन्ध रहँदै वडा कार्यालयमा अर्को विवाहको दर्ता गरेको भन्दै पतिका विरूद्ध मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यलय, लमजुङमा बहुविवाहको उजुरी दर्ता गरेकी छन् ।

०६५ वैशाख १ गते नवीन र नन्दकाशीबिच विवाह भएकोमा नवीनले थाहा नदिई ०७५ कात्तिक ४ गते नुवाकोटको विदुर नपा-८ की २७ वर्षीया मञ्जु गुरूङसँग अर्को विवाह गरेको थाहा पाएर आफूले प्रहरीमा मुद्दा दर्ता गरेको नन्दकाशीले बताइन् ।

पीडितले आरोपितद्वयले दोश्रो विवाह गरी कात्तिक ६ गते वडा कार्यालयमा विवाह गरेको प्रमाण सहितको कागजातको साथमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादव ढकालले बताए ।

घटनाको अनुसन्धान गरिरहेको बताउँदै डिएसपी ढकालले आरोपित नवीन गुरूङ हाल विदेश भएको तर मञ्जु नेपालमै रहेको सूचना पाएको बताए ।

अन्य

भिडियो