INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट विद्यालय तोडफोड

सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा अज्ञात पक्षबाट मङ्सिर १२ गते तोडफोड भएको छ ।

अज्ञात पक्षले विद्यालयको प्रशासन कोठा र लेखापालको कोठाको ताला फोरेर तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

रातिको समयमा दुई ओटा ढोकामा रहेको ताला तोडेर अज्ञात पक्षले कक्षा ११ र १२ का विद्यार्थीको भर्ना बापतको १८ हजार ५ सय रुपियाँ, विद्यालय प्रशासनमा रहेको एउटा भलिवल, एउटा मल्टिप्लक, सबै कोठाको चावी र रसिद फाइलहरू समेत लगेको प्रधानाध्यपक शाहीले बताए ।

उनले भने तोडफोड गर्ने व्यक्तिहरू विद्यालयकै कर्मचारी हुन सक्ने आशङ्का गरेका छन् । विद्यालय तोडफोड भएपछि सोही दिन बिहानै प्रहरी मुचुल्का गरे पनि विद्यालयले लीखित रूपमा उजुरी नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपि रविन श्रेष्ठल बताए ।

अन्य

भिडियो