फाल्गुनन्द गाउँपालिका-२ की ३९ वर्षीया इन्द्रमाया चम्जोङ्गको हत्या गरेको आरोपमा ४५ वर्षीय नरबहादुर चेम्जोङ्गलाई प्रहरीले मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा पत्नी इन्द्रमायालाई मङ्सिर ४ गते आरोपितले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवले बताए । शवको पोष्टमार्टम मङ्सिर ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।