१८ वर्षीया युवतीलाई बालविवाह गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले बुद्धभुमी नगरपालिका–१ टिकरका २८ वर्षीय सुरेश कामीलाई आठ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शिवबहादुर थापाको ०८२ साउन ३० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै आठ महिना कैद, ५ हजार रुपियाँ जरिबाना, २ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।
आरोपितले ०८१ फागुन २५ गते बालविवाह गरी बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालय,गोरुसिंङ्गेमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो ।
प्रहरीले आरोपितलाई चैत १६ गते घरबाटै गिरफ्तार गरेको थियो ।