आठबीस नगरपालिका–३ साईंका १० वर्षीय बालक आकाश नेपालीलाई छिमेकी २८ वर्षीय राजबहादुर शाहीले वैशाख २४ गते कुटपिट गरेका छन् । कुटपिटबाट नेपालीको देब्रे हात भाँचिएको बालकका बुबा करबीर नेपालीले जानकारी दिनुभयो ।
घर नजिकै कर्णाली नदीमा माछा मार्न गएका बालबालिकाहरुवीच भएको विवादको विषयलाई लिएर अभिभावककै सामु बालकलाई आरोपित शाहीले कुटपिट गरेको पीडित पक्षको भनाई छ । पीडित बालकको स्थानीय मेडिकलमा हात प्लास्टर गरिएको छ । बालक अहिले घरमै छन् ।
घटनाको विषयमा उजूरी प्राप्त भएको, पीडकलाई बालकको उपचार गर्न लगाइएको प्रहरीको भनाई छ । थप अनुसन्धान गरी आवश्यक कारवाही गरिने इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज सई भरत भण्डारीले जानकारी दिनुभयो ।