४१ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा फागुन २० गते बेथानचोक गाउँपालिका–६ महांकल भुग्देउ, छापडाँडाका ३६ वर्षीय बुद्धलाल तामाङले बलात्कार गरेको भनी पीडितले चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जर्वजस्ती करणी शीर्षकमा उजुरी गरेकी छिन् ।
पीडित महिलाको ०७५ चैत ९ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित हालसम्म फरार रहेकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कुटपिट घटनाका आरोपित वडाध्यक्षसहित चार जनाविरुद्ध उजुरी, एकजना गिरफ्तार
बलवा नगरपालिका–६ का ३६ वर्षीय हुस्नेम अन्सारीलाई कुटपिट गरेको आरोपमा