INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकत्सकमाथि हातपात भएको विरोधमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द

महाकाली अञ्चल अस्पतालमा असोज २२ गते बिहान ४ बजे मेडिकल अधिकृत डा. सत्य कोइरालामाथि भएको हातपातको विरोधमा नेपाल चिकत्सक सङ्घले विज्ञप्ति जारी गर्दै आजदेखि महाकाली अञ्चल अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवाहरू अनिश्चतकालिन बन्द गरेका छन ।

भीमदत्त नपा-१ की २४ वर्षीया सरस्वती विष्टलाई असोज २१ गते प्रसुती व्यथा लागेपछि महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएकोमा बिहान सुत्केरी गराउने क्रममा मृत शिशुको जन्म भएपछि शिशुका आफन्तहरूले चिकत्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै उपचारमा संलग्न डा.सत्य कोइरालालाई हातपात गरेका थिए ।

हातपातबाट डा. कोइरालालाई सामान्य चोट लागेको बताइएको छ । मृतक शिशुका आक्रोशित आफन्तहरूले अस्पतालमा कुर्सी र बेडसमेत तोडफोड गरेका थिए । नेपाल चिकत्सक सङ्घले विज्ञप्तिमार्फत डा. सत्य कोइरालामाथि हातपात गर्ने दोषीहरूलाई कारबाहीको माग गरेको छ ।

चिकत्सकमाथि हातपात र अस्पताल तोडफोडमा संलग्न भएको आरोपमा शुक्लाफाँटा-१० का २० वर्षीय महेश विष्ट र १९ वर्षीय विरेन्द्र ऐरलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले वताए ।

अन्य

भिडियो