INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मीको हत्या घटनाका आरोपित गिरफ्तार

कोटेली गाविस स्तरीय मानव अधिकार निगरानी सञ्जालका अध्यक्ष ३७ वर्षीय शेरबहादुर साउदलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय भिमबहादुर भूललाई प्रहरीले फागुन ८ गते गिरफ्तार गरेको छ ।

खानेपानीको विषयमा भएको सामान्य विवाद पश्चात आरोपित भूलले फागुन ८ गते बिहान खुकुरी प्रहार गर्दा साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउने क्रममा बाटोमै ज्यान गएको हो ।

आरोपितले खुकुरी लुकाएर ल्याएको र सिधै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा नै प्रक्रिया अघि बढाइएको छ ।

अन्य

भिडियो