इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय रामबाबु चौधरीलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिका-१ हिलेमा जारी रमाइलो मेलामा सुरक्षा गार्डका रूपमा कार्यरत चौधरीको हत्या धारिलो प्रहार गरी भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरी चौकी हिलेका असई यदु खड्काले बताए ।
कात्तिक १७ गते जिल्ला अस्पतालमा गरिएको शवको पोष्टमार्टमबाट हत्या भएको पुष्टी भएको प्रहरीको भनाइ छ ।
कात्तिक १७ गते बिहान चौधरीको शव शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
घटनामा संलग्न भएको शङ्कामा प्रहरीले १७ गते १६ जनालाई गिरफ्तार गरी अनुसन्धान बढाएको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।