आम्तेक गाविस-१ की ३६ वर्षीया निर्मला दमाईको हत्या गरेको आरोपमा ४५ वर्षीय पति आइते दमाईलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
मादकपदार्थ सेवन गरेका आइतेले मङ्सिर ६ गते सामान्य घरायसी विवादका क्रममा कान्छी पत्नी निर्मलालाई दाउराको चिरपट प्रहार गर्दा पीडित महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै आरोपित फरार रहेका थिए ।
घटना पश्चात मृतकको माइती पक्षले मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर राधाप्रसाद पराजुलीले जानकारी दिए ।
मृतकको पोष्टमार्टम जिल्ला अस्पताल भोजपुरमा मङ्सिर ८ गते नै गरिएको र घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पराजुलीले बताए ।