INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहारबाट मारिएका रामविलासको शव परिवारले बुझेन

कात्तिक १३ गते नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागी मृत्यु भएका रामनगर गाउँपालिका–४ बहुअर्वाका ५६ वर्षीय रामविलास महतोको शव मृतकको परिवारले बुझ्न मानेको छैन ।

मृतकलाई सहिद घोषणा गर्नुपर्ने, हत्यारालाई छिटो भन्दा छिटो गिरफ्तार गर्नुपर्ने, मृतकको परिवारलाई उचित राहत दिनुपर्ने, घाइतेहरूको उपचारमा लाग्ने सम्पुर्ण खर्चहरू सरकारले व्येहोर्नुपर्ने मागहरू राखेर मृतकको परिवारले शव बुझ्न नमानेको हो ।

गए राति सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको टोली घटनास्थल पुगी मृतक परिवारलाई भेटेर मृतक रामविलास महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगङ्वा, सर्लाही ल्याएको थियो ।

अहिले पनि मृतक रामविलास महतोको शव जिल्ला अस्पतालमै रहेको र मृतकका परिवारको माग पूरा नगरे कुनै पनि हालतमा शव नबुझिने सर्लाही क्षेत्र नं. ४ का सांसद डा. अमरेशकुमार सिंहले जानकारी गराए ।

कात्तिक १२ गते रामनगर गाउँपालिका–४ बहोअर्वाका वडा अध्यक्ष माथि नेकपा कार्यकर्ताहरूले कुटपिट गर्दा घाइते वडा अध्यक्ष रामनरेश महतो र हिजो झडपमा घाइते भएका सात जनाको उपचार जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ ।

अन्य

भिडियो