INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा र कांग्रेस कार्यकर्ताबिच भएको झडपमा गोली चल्दा एकको मृत्यु

नेकपा र कांग्रेस कार्यकर्ताबिच कात्तिक १३ गते रामनगर गाउँपालिका-४ बहुवर्बामा भएको झडपमा गोली प्रहार गर्दा सोही ठाउँका ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको छ । गोली कुन पक्षबाट चलेको हो एकिन नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुन्दन देवले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

महतोको मुख र पेटमा गोली लागेको छ । शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । झडपपछि आक्रोशित समूहले बहुवर्बाका १० वटा घरमा तोडफोड गरेको छ ।

झडपका क्रममा गोलीको छर्रा लागेर घाइते हुनेमा रामनगर गाउँपालिका-४ बहुवर्बाका महदेव राय, विवेक महतो, पर्मोद सहनी, भोजेन्द्र महतो, श्री नायारण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतो छन् ।

घाइते उनीहरूको स्थानीय क्लिनीकमा उपचार भइरहेको छ । घाइतेहरूलाई लिन गएको एम्वुलेन्समाथि एक समूहले तोडफोड समेत गरेको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका-४ का वडा अध्यक्ष राम नरेश महतोमाथि पहिचान नखुलेको व्यक्तिहरूले कात्तिक १२ गते कुटपिट गरी घाइते बनाए थिए । सोही घटनाको विषयलाई लिएर ती दुई पक्षबिच झडप् भएको हो । मृतक रामविलास वडा अध्यक्षको काका हुन् ।

 photo20181030sarlahi (3)   photo20181030sarlahi (6)

photo20181030sarlahi (3)

photo20181030sarlahi (5)

photo20181030sarlahi (4)

photo20181030sarlahi (2)

अन्य

भिडियो