INSEC Online

📅 २०८३ जेष्ठ २१

नियमन निकायबाट ६ महिनासम्म बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

जिल्ला सदरमुकाम सिमकोटमा ६ महिनासम्म सिमकोट गाउँपालिका र स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा हुम्लामा म्याद नाघेका सामान विक्री वितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।
हुम्ला जिल्लामा नियमित परेको अविरल वर्षाका कारण हवाइजहाज नियमित नभएपछि सदरमुकाम सिमकोटका पसलमा म्याद नाघेका सामान विक्री भएका छन् । बिस्कुट, चाउचाउ, हलुवा पकाउने पिठो, तेल, मसला, चिउरा, स्प्राइट, कोक, फेण्टालगायतका सामग्री व्यापारीले विक्री गर्दै आएको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष छक्क रोकायले बताए । ०७५ वैशाखबाट सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ता मर्कामा परेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाले सदरमुकामस्थित बजारमा रहेका पसलहरू ६ महिनादेखि अनुगमन नगर्दा अधिकांश पसलमा म्याद नाघेका सामान विक्री वितरण भएको स्थानीय उपभोक्ता रमेश एडीले आरोप लगाए ।
‘०७४ मा स्थनीय प्रशासन कार्यालयले अनुगमन गरेको थियो । तर, यो वर्षको मध्य भइसक्दा पनि सम्बन्धित निकाय मौन अवस्थामा रहेको छ ।’–उपभोक्ता ऐडीले भने ।
हुम्लामा हप्ताको एक पटक हवाई सेवा चल्ने गरेपछि नेपालगञ्ज र सुर्खेतबाट आएको कुखुराको मासुसमेत सडेको आउने गरेको छ । त्यस्तै कहीलेकँही चलेको जहाजमा पनि इन्डीयनको घुइँचो भएकोले पसलेले बजारीया ताजा सामान उपलब्ध गर्न नसक्दा बजारमा आफैँले लुकाएर राखेका समान निकाल्न सुरू गरेका छन् ।
पसलेले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद नाघेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजारमा देखिएको स्थानीयले आरोप लगाएका छन् ।
उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष छक्क रोकायाका अनुसार आफूले बजार अनुगमनका लागि जिल्ला प्रशासन र गाउँपालिकालाई बारम्बार ताकेता गरेपनि सुनुवाइ नगरेको बताए ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाका अनुसार समय अभावका कारण अनुगमन गर्न सकिएको छैन र विशेष गरेर यो जिम्मा गाउँपालिकाको हो । बजार अनुगमनका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष बलि रावतको हो त्यो सँगसँगै बढी जिम्मेवारी पनि गाउँपालिकाकै हार त्यसमा आफूले सहयोग गर्ने बताए ।
उता गाउँपालिकालाई बुझ्दा जिल्लामा सामान नै आउँदैन कसरी अनुगमन गर्ने यदी पुरानो सामान विक्री भएको हो भने लगतै अनुगमनको टोली पठाउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष एवम् बजार अनुगमनका संयोजक रावतका अनुसार आफूलाई यतिखेर बजारमा म्याद नाघेका सामान वितरण भएको सुनिन नआएकोले अनुगमन गर्न नसकिएको बताए ।

अन्य

भिडियो