INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायका संयन्त्रले प्रभावकारी काम काम गर्न नसकेको द्वन्द्वपीडितको गुनासो

सशस्त्र द्वन्द्वकालका भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारवाही, पीडितलाइ न्याय, परिपूर्ण मेलमिलापमार्फत द्वन्द्वकालिन समयका घटनाहरू निरूपण गर्न बनेका सङ्क्रमणकालीन न्यायका संयन्त्र सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्याक्तिहरूको छानविन आयोगले प्रभावकारी काम गर्न नसकको पीडितहरूले गुनासो गरेका छन् ।

न्यायका लागि द्वन्द्वपीडित समाजका उपाध्यक्ष हेमन्त बेल्वासेले भने पीडितलाई न्याय र घटनामा संलग्नलाई कानुनी कारवाही समाजमा शान्ति स्थापना गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगले प्रभावकारी काम गर्नै नसकेको आरोप लगाए गरे ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी गरे पनि उजुरीपछि केहीलाई समान्य सोधपुछ गरे पनि अन्य प्रक्रिया अगाडि नबढाउँदा पीडितले न्याय पाउन नसक्ने बेल्वासलेले बताए ।

द्वन्द्वकालका पीडित सितगङ्गा नगरपालिका–६ का विष्णुप्रसाद बेल्वासेले भने–‘सत्य निरूपण तथा मेलमिलाप आयोगले न्याय दिन्छ की भनेर आशा गरेका थियांँ । तर, उजुरी गरेपछि एक पटक पनि सोधपुध गरेको छैन । हामीलाई आशा थियो न्याय पाउछौँ भनेर तर सोधखोज नगर्दा न्याय नपाइने महसुस हुन थालेको छ ।’

मालारानी गाउँपालिका–६ का तत्कालिन समयका विस्थापित द्वन्द्वपीडित भुमबहादुर महतले दुई वटै आयोगले शान्ति प्रक्रियाका मर्म र आयोगको म्याण्डेड अनुसार काम गर्न नसक्दा पीडित थप पीडित हुनपर्ने अवस्था आएको बताए । ‘दुई वटा आयोगले राम्रो काम गर्छ । पीडितलाई न्याय दिन्छ भन्ने थियो । तर, आयोगको म्याद सकिन लागेको छ भन्ने सुनेका छौँ ।’–महतले भने ।

अर्घाखाँची जिल्लाबाट तत्कालिक द्वन्द्वकालमा पीडित भएको भनि सत्य निरुपण तथा मेलमिला आयोगमा ३ सय ४० र र वेपत्ता पारिएका व्याक्तिको छानविन आयोगमा १३ ओटा उजुरी परेका छन ।

केही पीडितलाइ आयोगले बोलाए पनि धेरै पीडितहरूलाई भने सम्पर्क नगरेको पूर्व स्थानीय शान्ति समितका सचिव गोविन्द चौधरीले बताए ।

अन्य

भिडियो