विजयनगर गाउँपालिका–५ कटुवा की २० वर्षीया छन्नु कोरीको शव भदौ ८ गते हत्या गरी फलिएको अवस्थामा नेपाल भारत सिमा क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले मृत अवस्थामा भारतीय सिमा क्षेत्रमा शव देखेपछि इलाका प्रहरी कार्यालय गणेशपुरमा खबर गरेका थिए ।
प्रहरीले खबर पाए लगत्तै घटनास्थलमा पुगी मृतकको सनाखत गरेर बहादुर गन्जस्थित शिवराज अस्पतालमा पोष्टमाटर्म गरी शव आफन्तलाई बुझाएको जनाएको छ ।
तर, उनको हत्या कसले, किन र कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी रवि रावलले जानकारी दिएका छन् । तर उक्त घटनाको अवस्था हेर्दा बलत्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।