INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित मेयर र राजपा नेता अदालतमा हाजिर, साधारण तारेखमा रिहा

सशस्त्र प्रहरीका असई थमन बिकको हत्या घटनाका आरोपित जलेश्वर नगरपालिकाका मेयर रामशङ्कर मिश्र र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सुरेश पाण्डे साउन २९ गते जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन् ।

साउन २९ गते बिहान १० बजे आरोपितद्वयले हाजिरी गराई बयान गरीपाउँ भन्दै निवेदन दिएका थिए । उनीहरूको बयान सकेलगत्तै साधारण तारेखमा जिल्ला अदालत महोत्तरीका रजिष्ट्रार रामानन्दप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षा बल जलसागरमा कार्यरत असई बिकको मधेस आन्दोलनको क्रममा आन्दोलनकारीबाट हत्या गरिएको थियो । उनीहरू सोही मुद्दाका फरार आरोपित हुन् ।

सोही हत्या घटनाका आरोपित प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष साउन २८ गते नै हाजिर भएका थिए । मन्त्री शर्मालाई अदालतले साउन २८ गते नै साधारण तारेखमा रिहा गरेको थियो । अदालतमा आज हाजिर भएका आरोपितद्वयलाई पनि साधारण तारेखमा रिहा भएका छन् ।

अन्य

भिडियो