INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन दिनको शिशु हत्या गरेको आरोपमा आमा गिरफ्तार

तीन दिनको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दुधपोखरी गाउँपालिका–२ की ४५ वर्षीया विष्णुमाया परियारलाई साउन २० गते गिरफ्तार गरेको छ ।

पीडित नवजात शिशुलाई आरोपितले साउन १८ गते बोरामा बेरी शौचालयमा फाल्दै गर्दा उनका ६१ वर्षिय पति जितबहादुर परियारले थाहा पाएर प्रहरीमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।

शवको पोष्टमार्टम साउन २० गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको छ । पोष्टमार्टम रिपोर्टमा समेत शिशुको घाँटीमा थिचेको सङ्केत देखिएको जिल्ला सामुदायिक अस्पतालका डा.हिम्मत भण्डारीले बताए ।

अन्य

भिडियो