INSEC Online

📅 २०८३ जेष्ठ २१

विष खुवाएर हत्या गरेको आरोपमा आमा गिरफ्तार

नौ वर्षीया छोरी भावना बुढालाई विष खुवाई हत्या गरेको आरोपमा महाबु गाउँपालिका-४ काशीकाँधकी २९ वर्षीया शर्मिला बुढालाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ ।

असार २६ गते घरमा विष खुवाई हत्या गरेको आरोपमा आरोपितका कान्छा ससुरा मानबहादुर बुढाले जिल्ला प्रहरी कार्यालयमा असार २८ गते उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले बताए ।

घटनाका विषयमा आरोपित पक्षले केही बोल्न नचाहेको प्रहरीले जनाएको छ । बालिकालाई उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी गर्दागर्दै घरमै मृत्यु भएको मानबहादुर बुढाले बताए । शवको पोष्टमार्टम असार २७ गते दैलेख जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो