गर्भपतन गरी शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालत अर्घाखाँचीले मालारानी गाउँपालिका-६ की ३६ वर्षीया विष्णु आचार्यलाई पाँच वर्षकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश रामचन्द्र पौडेलको इजलासले असार ३१ गते प्रमाण र बयानको आधारमा आरोपितलाई पाँच वर्षकैद हुने गरी फैसला र गर्भपतन गराउन सहयोग गरेको भनी तारेख खेपिरहेका लखन यादवलाई भने सफाई दिएको जिल्ला अदालतका श्रेस्तेदार मोहन बेल्वासेले जानकारी दिए ।
आरोपितले शिशु जन्माई ०७४ माघ १३ गते हंसपुरको लोहरीमा हत्या गरी फालेको भन्ने सूचनाका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो ।