२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा काभ्रे जिल्ला घर भई राप्ती सोनारी गाउँपालिका–८ बस्दै आएका ३४ वर्षीय नबिनकुमार श्रेष्ठ र बाग्लुङ ढोरपाटनका ३७ वर्षीया जुनु बिक रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
आरोपितहरूले काभ्रे र नुवाकोटका २२, २३ र २४ वर्षीया युवतीलाई भारतीय बाटो हुँदै तेस्रो मुलुक पठाउन रुपैडिया नाका कटाउने क्रममा प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका सई सुनिल साहले बताए । आरोपितहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।