जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको भण्डारणमा औषधि अभाव भएको छ । १ सय ४ ओटा उप स्वास्थ्यचौकी, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई ओटा अस्पताल रहेको सिरहामा मधेश आन्दोलनदेखि नै भण्डारणमा औषधिको अभाव हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका भण्डारण प्रमुख कामेश्वर रोएता यादवले बताए ।
उप स्वस्थ्यचौकीहरूबाट माग भएर आएको औषधि माग बमोजिम आपूर्ति गर्न नसकेको यादवले बताए । पटक पटक औषधि विभागमा औषधिको लागि ताकेता गर्दा पनि पूर्ण रूपमा औषधि नपठाएको उनले बताए ।
जिल्लालाई २० प्रतिशत औषधि खरिद गर्ने अधिकार भएको र यसका लागि विभागले यस आर्थिक वर्षा ४८ लाख रुपियाँ आएकोले औषधि खरिद गर्ने प्रकृया अगाडि बढाएको भण्डारण प्रमुख यादवले बताए ।
अत्यावसेक औषधिहरू पनि बिरामीले नपाउँदा स्वास्थ्यकर्मीले बिरामीको गाली सहन बाध्य हुनुपरेकोसमेत उनले बताए ।